नेपालगन्जः बाँकेमा थप पाँचजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १०३ जनाको पीसीआर परीक्षण गर्दा थप पाँचजनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालको प्रयोगशालामा २२ जनाको नमुना जाँच गर्दा १ जना र ६६ जनाको नमुना जाँच गर्दा ४ जनामा भाइरस संक्रमण देखिएको हो ।
जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीका अनुसार बागेश्वरी प्रयोगशालामा १५ जनाको नमुना जाँच गर्दा कसैलाई पनि संक्रमण देखिएन ।
संक्रमण पुष्टि भएकामध्ये बाँकेका २ जना छन् । योसँगै कूल संक्रमितको संख्या १९ हजार ९ सय ३४ पुगेको छ । यस्तै १ जना डिस्चार्ज भएका छन् ।
योसँगै डिस्चार्ज हुनेको संख्या जिल्लामा १९ हजार ५ सय ७७ पुगेको छ । भेरी अस्पतालमा ३ जना मध्यम खाले विरामीको उपचार भइरहेको छ ।