स्वास्थ्य मन्त्रालयले भन्योः कोरोनाको लक्षण नदेखिएकाले अनिवार्य पीसीआर नगराउनू

    • स्वास्थ्य पेज

  • २७ फाल्गुन २०७८, शुक्रबार

नेपालगन्जः स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्‍यक्तिहरुलाई अनिवार्य पीसीआर नगराउन आग्रह गरेको छ ।

शुक्रबार मन्त्रालयका सह प्रववक्ता डा समीर कुरमा अधिकारीले विज्ञप्ति जारी गर्दै कोरोनाको लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्‍यक्तिहरुलाई अनिवार्य पीसीआर नगराउन अनुरोध गर्नुभएको हो ।

पछिल्लो समय कोरोना संक्रमणदर घट्दै जान थालेको छ । पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण देखिएको छ ।

हेर्नुस् मन्त्रालयको विज्ञप्ति 

  • २७ फाल्गुन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech