नेपालगन्जः नेपाल परिवार नियोजन संघ बाँकेका सभापति जन्मजय बर्णवालको ह्रदयघातका कारण निधन भएको छ । नेपालगन्ज उपमहानगरपालिका-२ निवासी ४७ वर्षीय वर्णवालको आज मध्यान्ह ह्रदयघातका कारण निधन भएको हो ।
उहाँलाई मध्यान्ह अचानक असजिलो महसुस भएपछि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उहाँका निकट सुरेस भण्डारीले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।
उहाँलाई नेपालगन्ज मेडिकल कलेजमा पुर्याएलगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए । उहाँका श्रीमति, एक छोरा र एक छोरी हुनुहुन्छ ।
उहाँको भोली मात्रै अन्त्यष्टि गरिने पनि भण्डारीले बताउनुभयो ।