सुशील कोइराला क्यान्सर अस्पतालले खजुराबासीलाई ओपिडी सेवा निःशूल्क दिने

    • स्वास्थ्य पेज

  • २५ फाल्गुन २०७८, बुधबार

नेपालगन्जः बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले खजुरा गाउँपालिकाका स्थायीबासीलाई ओपिडी सेवा निः शुल्क दिने भएको छ ।

नवनियुक्त अस्पताल विकास समितिले खजुरा गाउँपालिकाबासी विरामीलाई ओपिडी सेवा निः शुल्क दिने निर्णय गरेको अस्पताल विकास समितिका अध्यक्ष किशोर थापाले जानकारी दिनुभयो ।

अस्पताल स्थापनाका लागि खजुराबासीले आर्थिकरुपमा ठूलो सहयोग गरेको स्मरण गर्दै अध्यक्ष थापाले अस्पतालले ओपिडी सेवा निःशूल्क गर्दै आफ्नो नैतिक जिम्मेवारी निर्वाह गरेको बताउनुभयो ।

अस्पताल स्थापनाका लागि आयोजना गरिएको महायज्ञमा खजुराबासीहरुले आर्थिक सहयोग गरेका थिए । नवनियुक्त विकास समितिले आजै पदभार ग्रहण गरेको छ

  • २५ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech