विश्व नारी दिवसः डा रजनी केसी शाह भन्नुहुन्छ–‘कार्यकक्षमा अझैपनि महिला-पुरुष फिलिङ छ’

    • स्वास्थ्य पेज

  • २४ फाल्गुन २०७८, मंगलवार

नेपालगन्जः डा रजनी शाह नेपालगन्जको स्वास्थ्य क्षेत्रमा आफ्नै खालको पहिचान बनिसकेको छ । भेरी अस्पताल नेपालगन्जमा कार्यरत फिजिसियन डा रजनी कोरोना महामारीमा अहोरात्र खटिनुभयो ।

आफ्नो ज्यानको प्रवाह नगरी खटिनुभएकी रजनी प्रस्ट बोल्ने शैली र बोल्ड रुपमा प्रस्तुत हुने उहाँको बानीले कार्यक्षेत्रमा अहिलेसम्म हेपिएको महशुस गर्नुपरेको छैन् । तर महिला पुरुषको फिलिङ चाही हुने गरेको उहाँको अनुभव छ ।

उहाँ भन्नुहुन्छ–‘मेरो अगाडि कसैले कुरा काटेको याद छैन् । तर महिला पुरुषको फिलिङ स्वभाविकरुपमा आउने रहिछ । त्यो विरामीबाट समेत पाएकी छु ।’ ओपिडीमा आफु बसेको बेला सेवाग्राही विरामीले महिला डाक्टर भनेर नाक खुम्च्याउने गरेको अनुभव उहाँको छ ।

स्वास्थ्य क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको छ । अनमी, नर्सदेखि चिकित्सकहरुको सहभागीता आशातित देखिन्छ । तर नेतृत्व तहमा महिला कम नै छन् । नेपाल युनाइटेड अस्पतालको नेतृत्व हाक्दै आउनुभएकी उहाँले भन्नुभयो–‘आफुमा दक्षता हुने हो भने र साथ र सहयोग पाए महिलाहरु नेतृत्वदायी भूमिका कुशलतापूर्वक निर्वाह गर्नेमा कुनै सन्देश नभएको उहाँको भनाइ छ ।

कार्यालयदेखि घर परिवारको समेत जिम्मेवारी सम्हाल्दै आएकी उहाँले विभिन्न समस्या र चुनौतीलाई सामना गर्दै आइरहनुभएको छ । ‘समस्या र चुनौति नहुने त कुनै पेशा व्यवसाय नै हुँदैन् उहाँले भन्नुभयो–‘त्यसलाई अवसरमा रुपान्तर गर्दै जानु पर्छ ।’

डा  रजनीले एमबिबिएस अध्ययन पूरा गरेको १९ वर्ष भयो। उहाँले सन् २००३ मा नेपालगन्ज मेडिकल कलेजबाट एमबिबिएस पूरा गर्नुभएको हो । भने २०१६ मा फिल्पिन्सबाट एमडी गर्नुभएको हो । विगत ६ वर्षदेखि उहाँ भेरी अस्पतालमा निरन्तर सेवा दिदै आउनुभएको छ । कार्यलयको समयपछि उहाँको जिम्मेवारी बच्चाको पालन–पोषण, पढाइ र घरको कामसँगै समाजसेवामा हुन्छ ।

‘जतिसुकै जे भनेपनि महिलाहरुले घरपरिवार चलाउनै पर्छ उहाँले भन्नुभयो–‘कार्यालय समयपछि मेरो पनि अधिकांश समय घरमै वित्छ ।’‘सामाजिक परिवेशका कारण यस्ता काममा पुरुषलाई सहज हुन्छ ।

तर महिलाहरुमा घरको कामको पनि जिम्मेवारी हुने भएकाले कार्यालय समयपछि हाम्रालागि घरको टाइम महत्वपूर्ण हुन्छ,’ उहाँको भनाइ छ । उहाँका अनुसार पहिलाको तुलनामा महिलामाथिको विभेद धेरै न्यूकिरण भइसकेको छ । नेतृत्वतहमा महिलाको सहभागिता पनि बढेको छ ।

सहभागिता बढेपनि उनीहरुको निर्णय लागु हुने स्थिति भने न्यू रहेको उहाँको भनाइ छ । ‘कि पोष्टमा महिलाहरुको सहभागीता बढेको छ उहाँले भन्नुभयो–‘सहभागिता बढेपनि उनीहरुको भनाइको सुनुवाइ कति हुन्छ ? उनीहरुका निर्णय कति लागु हुन्छ ? त्यो महत्वपूर्ण कुरा हो ।

मलाई लाग्छ कार्यान्वयन तहमा यो चुनौतिपूर्ण छ ।’ महिला पुरुषबीचको विभेद न्यूनिकरणका लागि छोरीहरुलाई शिक्षा दिनुपर्नेमा उहाँको जोड छ । शिक्षामा समानता छैन् ।

रोजगारीमा पनि समानता देखिदैन् । भनसुनका आधारमा जागिर खाएका प्रशस्तै उदाहरण छन् । उहाँ भन्नुहुन्छ–‘शिक्षामा छोरीलाई अवसर दिनु प¥यो । रोजागारीमा पनि क्षमताको मूल्याङ्कन गरिनु प¥यो ।’

 

  • २४ फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech