नेपालमा कोरोना संक्रमणदर घट्दै, लगातार दुई दिन संक्रमण दर दुई अंकमा

    • स्वास्थ्य पेज

  • २२ फाल्गुन २०७८, आईतवार

तस्विरः फाइल

नेपालगन्जः नेपालमा कोरोना संक्रमणदर घट्दै गएको छ। लगातार दुई दिन कोरोना संक्रमण दर दुई अंकमा झरेको छ। पछिल्लो २४ घण्टामा थप ६८ जनामा मात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

यसअघि शनिबार पनि ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९२९ परीक्षण गर्दा ६८ जनामा संक्रमण पुष्टि भएको हो। पीसीआर विधिबाट ३१३५ जनामा परीक्षण गर्दा ५४ जनामा र एन्टिजेन विधिबाट १७९४ जनामा परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। यही अवधिमा ५३८ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ६४६१ रहेको छ ।

  • २२ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech