बाँकेमा थप तीन जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • २२ फाल्गुन २०७८, आईतवार

नेपालगन्जः बाँकेमा आज थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

६४ जनाको पीसीआर परीक्षणमा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको पीसीआर प्रयोगशालामा २२ जनाको परीक्षण गर्दा २ जना र मेडिकल कलेज कोहलपुरमा ३२ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ ।

बागेश्वरी ल्याबमा १० जनाको नमुना जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँकेका २ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ९ सय ३१ पुगेको छ ।

  • २२ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech