भारतबाट आएका प्यूठानका कोरोना संक्रमितको बुटवलमा मृत्यु

    • स्वास्थ्य पेज

  • ५ भाद्र २०७७, शुक्रबार

तस्विरः फाइल

बुटवल ५, भदौ ।

बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । प्यूठानको स्वर्गद्धारी नगरपालिका–७ का ६४ वर्षीय पुरुषको मृत्यु भएको प्रदेश ५ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

भारतबाट आएर क्वारेन्टाइनमा उनलाई साउन ३२ बुटवलमा कोरोना संक्रमणको पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उपचारका लागि कोभिड अस्पताल बुटवलमा उपचाररत उनको आज शुक्रबार विहान मृत्यु भएको निर्देशनालय जनाएको छ ।

  • ५ भाद्र २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech