नेपालगन्जः बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा किशोर थापा नियुक्त हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थापालाई तीन वर्षीय कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो । यस्तै मन्त्रालयले सुर्यलाल यादव, दीपा केसी, सैजाद खाँ र इमरान खाँलाई सदस्यमा नियुक्त गरेको छ ।
अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएपछि थापाले अस्पतालको वृह्तर विकासका लागि आफुले काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ।