महोत्सवस्थलमा कौशिल्या अस्पतालको स्वास्थ्य सेवा

    • स्वास्थ्य पेज

  • २० फाल्गुन २०७८, शुक्रबार

नेपालगन्जः बर्दियाको बासगढीस्थित कौशिल्या अस्पताल प्रालिले बासगढी महोत्सवमा निःशूल्क स्वास्थ्य सहायता कक्ष स्थापना गरेको छ ।

महोत्सवमा आपत्तकालिनलगायतको सेवा दिने गरिएको अस्पतालका प्रशासकिय प्रमुख शंकर न्यौपानेले जानकारी दिनुभयो ।

महोत्सवमा अवलोकनका लागि आउने दर्शकहरुलाई अचानकमा स्वास्थ्यमा आउन सक्ने समस्या र भव्यतव्य घटनालाई मध्येनजर गरेर महोत्सवस्थलमा हेल्थ डेस्क राखिएको आयोजकले जनाएको छ ।

तत्काल हुने आपत्तकालिन उपचार महोत्सवस्थलमै गरिने र जटिल देखिए अस्पताल रिफर गर्ने गरिएको न्यौपानेलेको भनाइ छ ।

उहाँका अनुसार अहिलेसम्म महोत्सवस्थलमा रहेको हेल्थ डेक्सबाट ४० जनाले स्वास्थ्य सेवा लिएका छन् ।

 

  • २० फाल्गुन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech