बाँकेमा थप ६ जनामा कोरोना पुष्टि, कोभिड वार्डमा विरामीको चाप ह्वात्तै घट्यो

    • स्वास्थ्य पेज

  • २० फाल्गुन २०७८, शुक्रबार

तस्बिर:फाइल

नेपालगन्जः बाँकेमा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक सय जनाको पीसीआर परीक्षणमा पाँच जनामा र जमुना नाकामा दुई ७८ जनाको एन्टिजेन परीक्षण गर्दा एकजनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको पीसीआर प्रयोगशालामा तीनजना र मेडिकल कलेजमा दुईजनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँकेका एकजना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ९ सय २९ पुगेको छ ।

यस्तै ८ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार पाँच सय ७६ पुगेको छ । अस्पतालमा पनि विरामीको संख्या ह्वात्तै घटेको छ ।

भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा दुई जना विरामी उपचारत छन् । उनीहरु मध्यमखाले विरामी भएको अस्पतालले जनाएको छ ।

  • २० फाल्गुन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech