नेपालगन्जः नेपालगन्जस्थित मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगन्ज र कोठमाडौं महाराजगंजस्थित नेपाल प्रहरी अस्पतालको आयोजनामा आजदेखि नेपालगन्जमा निःशूल्क स्वास्थ्य शिविर सुरु भएको छ ।
नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंको ३८ औं वार्षिकउत्सवको अवसरमा क्षेत्रीय प्रहरी अस्पताल नेपालगन्जमा आयोजना गरिएको शिविरको पहिलो दिन चार सय ६० जना विरामीले स्वास्थ्य चेकजाँच गराएका छन् ।
अस्पतालका ईएन्टि सर्जन डा आनन्द झाका अनुसार तीन सय महिला र एक सय ६० जना पुरुषले सेवा लिएका छन् ।
वहालवाला प्रहरी कर्मचारी, पुर्व प्रहरी कर्मचारी, आश्रित परिवारहरु र अन्य सर्वसाधारण नागरिकहरु समेतको लागि संचालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा चेकजाँच, औषधी बितरण तथा परामर्श सेवा प्रदान गरिएको डा झाले बताउनुभयो ।
नेपाल प्रहरी अस्पताल महाराजगंजका डिआइजी एवंम् छाला तथा यौन रोग विशेषज्ञ डा रामकृष्ण राज भण्डारीको नेतृत्वमा भोली शुक्रबारसम्म चल्ने शिविरमा आँखा रोग विशेषज्ञ डा दिपक श्रेष्ठ, नाक, कान घाटी रोग विशेषज्ञ डा सुभाष आचार्य र डा आनन्द झा, फिजिसियन डा सुरज राना, स्त्रीरोग विशेषज्ञ डा दीपा चुडाल, मृगौला रोग विशेषज्ञ डा सागर दुवाल र हाड रोग विशेषज्ञ डा सगुन प्रधानगायतको चिकित्सक तथा स्वास्थ्यकर्मी लगायतको टीम शिविरमा खटिएको छ ।
आज पहिलो दिनको शिविरमा हाडजोर्नी, आँखामा समस्या देखिएका विरामी धेरै आएको डिएसपी झाले बताउनुभयो । भोली विहान ८ बजेदेखि १२ बजेसम्म शिविर चल्ने पनि उहाँको भनाइ छ ।