थप १५८ मा कोरोना संक्रमण पुष्टि, ३५४ डिस्चार्ज, २ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १७ फाल्गुन २०७८, मंगलवार

oppo_0

नेपालगन्जः पछिल्लो २४ घण्टामा नेपालमा १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर र एन्टीजेन विधिबाट ६ हजार ५०४ जनामा गरिएको परीक्षणमा १५८ जनामा संक्रमण देखिएको मंगलबार जनाएको हो ।

पीसीआर विधिबाट ४ हजार ४५८ जनामा परीक्षण गर्दा ९२ जना र एन्टिजेन विधिबाट २ हजार ०४६ जनामा परीक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै २४ घण्टायता निको हुनेको संख्या ३५४ रहेको छ । सोही अवधिमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांकमा उल्लेख छ । मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ९७१ रहेको छ ।

२४ घण्टामा १ लाख ८ हजार १४० जनाले खोप लगाएका छन् ।

  • १७ फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech