२० वर्षीया धनलक्ष्मी आकाशमै सुत्केरी

    • स्वास्थ्य पेज

  • १७ फाल्गुन २०७८, मंगलवार

नेपालगन्जः मुगुको खत्याड गाउँपालिका–४ की २० वर्षीय धनलक्ष्मी रावलले उडिरहेको हेलिकप्टरमा बच्चा जन्माउनुभएको छ ।

नेपाली सेनाको हेलिकप्टरमा उहाँले छोरा जन्माउनुभएको हो । सेनाको हेलिकप्टर पाइलट प्रमुख सेनानी रचन श्रेष्ठले उडाउनुभएको थियो ।

मुगुबाट उद्दार गर्नुपर्ने रावललाई कर्णाली प्रदेश अस्पताल पु¥याउनु पर्ने थियो । तर उडिरहेको हेलिकप्टरमै उहाँ सुत्केरी हुनुभएको सेनाले जनाएको छ ।

मुगुदेखि सुर्खेतसम्मको ४० मिनेटको आकाशको यात्रामा हेलिकप्टरमा चढेको ३० मिनेटपछि उहाँले छोरा जन्माएको चालक प्रमुख सेनानी रचन श्रेष्ठलाई उद्रित गर्दै सुर्खेतस्थित नेपाली सेनाको पश्चिम कमाण्डका सेनानी बेलिना मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार बच्चा उल्टो भएर सुत्केरी हुन नसकेपछि रावललाई सुर्खेतदेखि हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

कर्णाली प्रदेश अस्पतालका नर्सिङ निरिक्षक कल्पना थापाकाअनुसार उद्दार गरिएका आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

शुरुमा आकस्मिक कक्षमा भर्ना गरिएपनि अहिले दुवैको अवस्था सामान्य रहेकाले वार्डमा सारिएको थापाको भनाइ छ । चालु आर्थिक वर्षको हालसम्म पश्चिम एयर वेशले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत दुर्गम क्षेत्रका ज्यान जोखिमका परेका ४० बढी गर्भवति तथा सुत्केरीको हवाई उद्दार गरिएको छ ।

  • १७ फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech