२४ घण्टामा १ सय ८० जनामा संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १६ फाल्गुन २०७८, सोमबार

तस्विरः फाइल

नेपालगन्जः नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा एक सय ८० जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

यस्तै, चार सय जना कोभिडमुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा एक लाख ४१ हजार एक सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने आठ हजार दुई सय ३५ जना सक्रिय संक्रमित रहेका छन् ।

  • १६ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech