नेपालगन्जः पछिल्लो २४ घण्टामा बाँकेमा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ ।
ओमिक्रोन भाइरसको संक्रमण फैलिएपछि पहिलो पटक बाँकेमा संक्रमितको संख्या शून्यमा झरेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । जिल्लाका तीनवटा प्रयोगशालामा ४८ जनाको नमुना जाँच गरिएकोमा तीन जनामा मात्र संक्रमण पुष्टि भएको छ ।
ती सबै संक्रमित जिल्ला बाहिरका हुन् । देशभर संक्रमण दर घट्दै गएपछि बाँकेमा पनि संक्रमण घटेको हो ।