भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • १४ फाल्गुन २०७८, शनिबार

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट नेपालगन्जस्थित भेरी अस्पतालमा थप एक जनाको मृत्यु भएको छ । छायानाथ रारा नगरपालिका वडा नम्बर ७ मुगुका ५७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

भेरी अस्पतालमा फागुन १ गते पीसीआर परिक्षण गर्दा उनलाई कोरोना पुष्टी भएको थियो । त्यसपछि फागुन ४ गते उनलाई भेरी अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा शनिबार बिहान ८ बजेर ३० मिनेटमा मृत्यु भएको जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

यो सँगै बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट बाँकेमा आएका ४ सय ४९ जनाको मृत्यु भएको छ ।

  • १४ फाल्गुन २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech