कौशिल्या अस्पताल बासगढीः महामारीमा चौविसैं घण्टा सेवा, मानवीयदेखि सामाजिक क्षेत्रमा पनि सहयोग

    • स्वास्थ्य पेज

  • १२ फाल्गुन २०७८, बिहीबार

बासगढीः कोरोनाको दोस्रो लहर सुरु हुनै लागेको थियो । फाटफुट संक्रमण देखिन थालिसकेको थियो । त्यतीबेलै बर्दियाको बासगढीमा कौशिल्या अस्पतालले आफ्नो औपचारिक सेवा सुरु गर्यो ।

विशेषज्ञ चिकित्सकसहितको सेवा सुरु भएसँगै त्यस आसपासका नागरिकले ठूलो राहात महसुस गरे । आफ्नै घरछेउछाउमा विशेषज्ञ चिकित्सकसहितको अस्पताल खुलेपछि स्थानीयबासीलाई ठूलो राहात मिलेको हो ।

अस्पतालले पनि कोरोना महामारीमा आफ्नो सेवालाई बन्द गरेन् । बरु चौविसैं घण्टा सेवा दियो । पहिलो लहर भन्दा दोस्रो लहरमा केशहरु बढेका मात्र थिएनन् मृत्युदर पनि बढेको थियो अस्पतालका प्रशासकिय प्रमुख शंकर न्यौपानेले भन्नुभयो–‘तर हाम्रा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यानको प्रवाह नगरी विरामीलाई चौविसै घण्टा सेवा दिनुभयो ।’

यो अस्पतालले कोरोनाको दोस्रो लहरमा मात्रै दुई हजार चार सय ११ जनालाई सेवा दिएको अस्पताल प्रमुख राम न्यौपानेले जानकारी दिनुभयो । ओमिक्रोनको त्रासमा पनि अस्पतालले सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाएर प्रदान गरेको उहाँको भनाइ छ ।

बर्दियामा एउटामात्रै अस्पताल थियो । त्योपनि सदरमुकाम गुलरियामा । कोरोना महामारीमा जिल्ला अस्पताललाई पनि विरामी थेक्न मुस्किल परेको अवस्थामा कौशिल्या अस्पताल विरामीका लागि भरोसाको केन्द्र बन्यो ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यान प्रवाह नगरि बिरामीको उपचारमा खटिए । स्वास्थ्यकर्मीहरु आफै संक्रमित भए । तर विरामीको सेवामा भने उनीहरु अहोरात्र खटिरहे ।

दोस्रो लहरको महामारीमा नेपालगन्जका भेरी अस्पताल, कोहलपुर मेडिकल कलेजले कोभिडका विरामी बाहेक अरु भर्नानै गरेनन् । ओपिडी सेवा नै बन्द गरे ।

अन्य अस्पतालले सेवा नै बन्द गराए । तर कोहलपुर र बासगढीमा रहेको कौशिल्या अस्पतालले भने सेवालाई थप प्रभावकारी बनायो ।

जहाँ चौविसैं घण्टा विरामीले उपचार पाए । यहाँसम्मकी बाँकेबाटै बर्दिया पुगेर विरामीले सेवा लिएको अस्पतालको रेर्कडमा उल्लेख छ ।

‘कोरोना महामारीमा पनि हामीले विशेषज्ञ चिकित्सकसहितको सेवा दिऔं संचालक न्यौपाने भन्नुहुन्छ–‘आपतविपदमा मानवीय सेवा गर्नु हाम्रो दायित्व र धर्म हो ।’ अस्पतालले लकडाउनका क्रममा विपन्न तथा गरीव परिवारका लागि ठाउँठाउँमा खाद्यान्न समेत वितरण गरेको छ ।

कोहलपुरमा पनि रहेको कौशिल्या अस्पतालले लकडाउनका कारण भोकमरीको चपेठामा परेका ती नागरिकहरुलाई खाद्यान्नलगायतका सामाग्री उपलब्ध गराएको हो ।

०७७ फागुन २८ गतेबाट सेवा दिन सुरु गरेको बासगढीको कौशिल्या अस्पतालले फिजिसियन, बालरोग, हाडजोर्नी, नशा रोगलगायतको उपचार सेवा प्रवाह गर्दै आएको छ ।

डि आर सिस्टम, उच्चस्तरीय डिजिटल एक्सरे जनरल शल्यक्रिया सेवा, इनडोस्कोपी , मुटुको भिडियो एक्सरे (इको), भिडियो एक्सरे , सुप्पर्फेसिएल भिडियो एक्सरे , एक्सरे फिजियोथेरापी अकुपन्चरलागायत बिरामी भर्ना, थाइराइड , भिटामिन डि लगायतका सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालमा सबै प्रकारको रगत जाँच सेव संगै सबै प्रकारका औषधि र आबश्यक परामर्श समेत दिने गरिएको छ ।

गर्भपतनका लागि नेपाल सरकारबाट मान्यता प्राप्त यो अस्पतालले गर्भपतन सेवा समेत प्रदान गर्दै आएको छ ।

अस्पतालले छिटोछरितो, सस्तो र गुणस्तरीय सेवाका लागि कसैसँग सम्झौता नगरिने जनाउँदै मानवीय सेवा र सामाजिक उत्तरदायित्वका कार्यक्रम समेत गर्दै आएको जनाएको छ ।

  • १२ फाल्गुन २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech