नेपालगन्जः बाँकेमा कोरोना भाइरसको संक्रमण घट्दै गएको छ ।
ओमिक्रोन भेरियन्ट सुरु भएयता आज सबैभन्दा कम संक्रमित फेला परेका छन् ।
३८ जनाको एन्टिजेन परीक्षणमा एक जनामा मात्रै संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा १६ र मेडिकल कलेज कोहलपुरमा २२ नमुना जाँच गर्दा एक जनामा मात्रै संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि भएकी महिला खजुरा बाँकेकी हुन् ।
योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ९०९ पुगेको छ । यस्तै थप ११ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार ५०९ पुगेको छ ।