एम्बुलेन्समा आगजनी, जिम्मा कसैले लिएन

    • स्वास्थ्य पेज

  • ४ फाल्गुन २०७८, बुधबार

नेपालगन्जः गुल्मीको मुसिकोटमा अज्ञात समूहले एम्बुलेन्समा आगजनी गरेको छ । मुसिकोट नगरपालिका वडा नं ४ स्थित आफ्नै घरमा रोकेर राखेको लु २ च २३७८ को एम्बुलेन्समा राति साढे १० बजे आगजनी भएको एम्बुलेन्स चालक शंकर बगालेले जानकारी दिनुभयो ।

वडा नम्बर ३ र ४ का भारतीय भूतपूर्व सैनिकले एम्बुलेन्स खरिद गरेर वडा गाउँ स्वास्थ्यचौकीलाई दिएका थिए । आगलागीबाट एम्बुलेन्सको इन्जिनको भाग पूरै जलेको छ ।

आज पाँच कम्युनिस्ट पार्टी र एउटा मोर्चाले एमसीसीका विरुद्ध नेपाल बन्दको आह्वान गरेको छ । तर आगजनीको जिम्मा कसैले लिएको छैन ।

  • ४ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech