भेरी अस्पतालमा खोपको मात्रा पूरा गरेका अर्का कोभिड संक्रमितको पनि मृत्यु

    • स्वास्थ्य पेज

  • २९ माघ २०७८, शनिबार

तस्विरः फाइल

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप एकजनाको मृत्यु भएको छ । भेरीगंगा नगरपालिका ३ सुर्खेतका ९० वर्षीय पुरुषको शनिवार साँझ पौने सात बजे मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

ती पुरुषलाई कोहलपुर मेडिकल कलेजमा २० गते कोभिड पुष्टि भएको थियो । त्यसको र्पिपल्ट उनी भेरी अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नआउँदा उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

उनले खोपको दुवै मात्रा पूरा गरेको बताइएको छ । योसँगै उपचारका लागि बाँकेका आएका बाहिरी जिल्लाका ४४५ जनाको मृत्यु भएको छ ।

  • २९ माघ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech