नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट नेपालगन्जमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका ९ बाँकेगाउँका ८४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
माघ १८ गते कोभिड संक्रमण पुष्टि भएका उनी भोलीपल्ट भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना भएका थिए । उपचारका क्रममा उनको स्वास्थ्यमा सुधार नआउँदा गएराती मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृतक व्यक्तिलाई कोरोना विरुद्धको खोपको दुवै मात्रा लगाएका थिए । योसँगै कोरोनाबाट बाँकेमा मृत्यु हुनेको संख्या ३५० पुगेको छ ।