फागुन १ गतेदेखि १८ वर्षमाथिका सबैलाई ‘बुस्टर’ डाेज

    • स्वास्थ्य पेज

  • २८ माघ २०७८, शुक्रबार

नेपालगन्जः सरकारले १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज खोप दिने भएको छ । आज शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गरेको कार्यप्रगति विवरण सार्वजनिक गर्दै १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज खोप दिने बताउनुभएको हो । २०७८ माघ २७ गतेदेखि १८ वर्ष उमेर पुगेका सबैलाई बुस्टर डोज खोप प्रदान गर्ने निर्णय भइसकेको उल्लेख गर्दै उहाँले फागुन १ गतेदेखि दोस्रो डोज खोप लगाएको कार्डको आधारमा बुस्टर डोज लगाउन पाउने बताउनुभयो ।

मन्त्री खतिवडाले १२ देखि १७ वर्ष उमेर समूहका झन्डै ३४ लाख बालबालिकालाई खोप दिने काम सुरु गरिएको जानकारी दिनुभयो । विगतमा जोखिममा रहेका गर्भवती महिलाहरूलाई मात्र खोप दिइएकोमा अहिले सबै गर्भवती महिलालाई ९पहिलो त्रैमासिकपछि० खोप दिने नीति अपनाइएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई समेत कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न खोपको उपलब्धता सुनिश्चितता भइसकेको बताउनुभयो ।

ठूला अस्पतालमा र जनघनत्व बढी भएका सहरका विभिन्न सार्वजनिक ठाउँमा खोप केन्द्र निर्धारण गरेर दैनिक रूपमा खोप प्रदान भइरहेको तथा दैनिक आवतजावत गर्ने ठाउँहरू जस्तैस्– बसपार्क, काठमाडौ उपत्यकाका मुख्य प्रवेश नाकाहरूमा यात्रुलाई लक्षित गरी दैनिक खोप सेवा प्रदान गरिएको मन्त्री खतिवडाले जानकारी दिनुभयो । सार्वजनिक सेवा प्राप्तिका लागि कोभिड–१९ विरुद्धको खोप अनिवार्य रूपमा लिनुपर्ने कानुनी प्रावधान लागू गरिएको गर्नुका साथै खोप लगाएको क्यूआर कोड सहितको प्रमाण पत्र स्थानीय तहबाट उपलब्ध गराउन सुरु गरिएको उहाँले बताउनुभयो ।

अहिलेसम्म चार करोड ६५ लाख ७० हजार सात सय २० डोज खोप प्राप्त भइसकेको र तीन करोड ४८ लाख २५ हजार ६ सय एक डोज खोप लगाइसकिएको मन्त्री खतिवडाले उल्लेख गर्नुभयो ।

  • २८ माघ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech