नेपालगन्जः दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर जुत्ता–चप्पल गोदाममा आगो लाग्दा ५ जनाको निसास्सिएर ज्यान मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार मृत्यु हुनेमा ४ बालबालिका छन् ।
मृत्यु हुनेमा करिब ५–६ वर्षका अबिददिन अली, करिब १३–१४ वर्षीया सजिता खातुन, करिब १४–१५ वर्षीय हसन बकस, करिब १५–१६ वर्षीय मसिन बकस र करिब ४०–४२ वर्षीय नजरदिन अली छन् । इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले बिहान ७ बजेतिर आगो नियन्त्रणमा लिएको हो ।
बिहान पौने दुई बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले आगो लागेको देखेका थिए । त्यसपछि नियन्त्रणका लागि प्रयास भए पनि करिब ५ घन्टापछि मात्र आगो नियन्त्रणमा आएको हो । विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ ।