सेती अस्पतालको परीक्षणमा थप २२ जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • २४ माघ २०७८, सोमबार

धनगढीः कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सोमबार २२ जनामा कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ८१ नमुना परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै २४ घण्टामा ५ जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन्। हाल अस्पतालमा २२ जना संक्रमित विरामीको उपचार भइरहेको छ।

तीमध्ये ७ जनाको आइसियूमा र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

 

  • २४ माघ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech