भेरी अस्पतालमा कोभिड संक्रमित ६५ वर्षीया महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • २४ माघ २०७८, सोमबार

नेपालगन्जः नेपालगन्जस्थित भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–३ बर्दियाकी ६५ वर्षीया महिलाको उपचारका क्रममा गएराती मृत्यु भएको हो ।

माघ २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएकी उनी त्यसैदिन अस्पताल भर्ना भएकी थिइन् । उनको भोलीपल्ट राती १० बजे मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

योसँगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका ४४३ जना संक्रमितको मृत्यु भएको छ ।

  • २४ माघ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech