नेपालगन्जः पुष २९ गतेदेखि बन्द भएका विद्यालयहरु फागुन एकगतेबाट खुलाउन सिफारिस गरिएको छ।
कोरोना संक्रमणदर घट्दै गएको भन्दै सिसीएमसीको आज बसेको बैठकले फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
माघभर विद्यालय बन्द गरिएको थियो। माघ १५ देखि २० सम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए।
रात्रिकालीन व्यवसाय र खेलकूद पनि सञ्चालन गर्न सहज बनाउने सिफारिस भएको स्रोतले जनाएको छ।