बाँकेमा परीक्षण दर घटेसँगै संक्रमण दर पनि घट्यो

    • स्वास्थ्य पेज

  • २३ माघ २०७८, आईतवार

नेपालगन्जः बाँकेमा कोरोना संक्रमण दर घट्दै गएको छ । पछिल्लो २४ घण्टामा २६ जनामा मात्रै संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन परीक्षणमा १३–१३ जनागरी २६ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

भेरी अस्पतालको पीसीआर ल्यावमा ६ र कोहलपुर मेडिकल कलेजमा ७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । यी दुई अस्पतालमा ३१ जनाको नमुना जाँच भएको थियो ।

यस्तै भारतबाट फर्किने ३२३ जनाको एन्टिजेन परीक्षण गरिएकोमा १३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये जिल्लाका ६ जनामात्रै छन् ।

योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ७९९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या जिल्लामा १९ हजार २४६ पुगेको छ ।

भेरी अस्पतालमा उपचार गराइरहेकामध्ये दुई जना सिकिस्त विरामी छन भने एक जनाको भेन्टिलेटरमा राखेर उपचार चल्दै छ । ३४ जना विरामी भने मध्यम खाले भएको फोकलपर्सन वलीले बताउनुभयो ।

  • २३ माघ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech