नेपालगन्जः भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उहाँको निधन भएको हो ।
वरिष्ठ गायिका मंगेसकरको ९२ वर्षको उमेरमा निधन भएको छ ।
उहाँले हजारौं गीत गाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उहाँले थुप्रै नेपाली गीतहरु पनि गाउनुभएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गर्नुभएको छ ।
कोरोना संक्रमण भएपछि उहाँ २७ दिनदेखि अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । केही दिनयता उहाँलाई भेन्टिलेटरमा राखिएको थियो ।
उहाँ फिल्म फेयर पुरस्कारदेखि पद्म भुषण, पद्म विभुषण, राजीव गान्धी पुरस्कार, भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न लगायत पुरस्कारबाट सम्मानित हुनु भएको छ । उहाँको जन्म सन् १९२९ मा भारतको इन्दौरमा भएको थियो ।