बाँकेमा ५० जना पत्रकारको आँखा जाँच्दा दुई जनामा मोतिबिन्दु

    • स्वास्थ्य पेज

  • २२ माघ २०७८, शनिबार

नेपालगन्जः प्रेस चौतारी बाँकेले आफ्नो २४ औं स्थापना दिवसको अवसरमा नेपालगन्जमा पत्रकारहरुका लागि आँखा परीक्षण कार्यक्रम गरेको छ ।

भिजन आँखा अस्पतालसँग सहयोग र समन्वयमा आयोजना गरिएको आँखा परीक्षणमा ५० जना पत्रकारले सेवा लिएको चौतारीका जिल्ला अध्यक्ष दुर्गा रोकायले जानकारी दिनुभयो ।

नेत्ररोग विशेषज्ञ डा प्रचण्ड गौतमका अनुसार दुईजना पत्रकारमा मोतिबिन्दु र एकजनालाई जलविन्दुको समस्या देखिएको पाइएको छ । १६ जना पत्रकारलाई टाढा कम देख्ने र १२ जनालाई नजिक कम देख्ने समस्या देखिएको गौतमले बताउनुभयो ।

यस्तै २३ जना पत्रकारमा आँखा सुख्खा भएको देखिएको छ । शल्यक्रिया गर्नुपर्ने विरामीलाई ५० प्रतिशत छुट दिइएको उहाँले बताउनुभयो । यस्तै चेकजाँच र औषधि भने निःशूल्क वितरण गरिएको छ ।

  • २२ माघ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech