भारतमा २४ घण्टामा थप १०५९ जनाको कोभिडबाट मृत्यु

    • स्वास्थ्य पेज

  • २२ माघ २०७८, शनिबार

नेपालगन्जः भारतमा कोरोना भाइरसबाट थप १ लाख २७ हजार ९५२ जना नयाँ संक्रमित भएका छन् ।

संघीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट कुल संक्रमितको संख्या ४ करोड २० लाख ८० हजार ६६४ पुगेको जनाएको छ ।

सरकारी अधिकारीहरूले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा १ हजार ५९ जनाको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको कुल संख्या ५ लाख १ हजार ११४ पुगेको छ ।

भारतमा अहिले १३ लाख ३१ हजार ६४८ जना संक्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ३० हजार ८१४ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।

  • २२ माघ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech