बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

    • स्वास्थ्य पेज

  • २२ माघ २०७८, शनिबार

तस्विरः फाइल

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिका–२ बाँकेका ५० वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । माघ १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनी त्यसको भोलीपल्ट अस्पताल भर्ना भएका थिए ।

स्वास्थ्यमा सुधार नहुँदा उनको आज विहान साढे आठ बजे मृत्यु भएको कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३४९ पुगेको छ ।

मृत्यु भएका कोरोना संक्रमित व्यक्तिले कोरोना विरुद्धको कुनैपनि खोप नलगाएको पाइएको छ ।

  • २२ माघ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech