भेरी अस्पतालमा भर्ना भएको २६ दिनमा कोभिड संक्रमित पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • १९ माघ २०७८, बुधबार

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ ।

खजुरा गाउँपालिका–८ बाँकेका ८५ वर्षीय पुरुषको आज विहान मृत्यु भएको हो । पुष २३ गते कोरोना संक्रमण पुष्टि भएका उनी त्यसको भोलीपल्ट भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका थिए ।

स्वास्थ्यमा सुधार नआउँदा उनको अस्पताल भर्ना भएको २६ दिनपछि मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४७ पुगेको छ ।

  • १९ माघ २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech