बाँकेमा कोरोना संक्रमित थपिने भन्दा निको हुने धेरै, तर अस्पतालमा चाप बढ्यो

    • स्वास्थ्य पेज

  • १८ माघ २०७८, मंगलवार

तस्विरः फाइल

नेपालगन्जः बाँकेमा आज थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पीसीआर परीक्षणमा ५८ र एन्टिजेन परीक्षणमा १७ जनागरी ७५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । जिल्लाका तीनवटा पीसीआर ल्यावमा १५० जनाको नमुना जाँच्दा ५८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरीमा ३३, कोहलपुर मेडिकल कलेजमा १३ र बागेश्वरी ल्यावमा १२ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै जमुना नाकामा ३०९ जनाको एन्टिजेन जाँच गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका मध्ये बाँकेका २४ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ७०० पुगेको छ । यस्तै थप ९७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ८६५ पुगेको छ ।

हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ७७३ रहेको छ । दुई जना सिकिस्त विरामी छन् । एकजनाको भेन्टिलेटरमा उपचार चल्दै गर्दा ३९ जना मध्यम खाले विरामी छन् ।

  • १८ माघ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech