नेपालगन्जः ६९ औँ विश्व कुष्ठरोग दिवसको अवसर बाँकेको जानकी गाउँपालिका–३ मानपुरस्थित आइएनएफ साइनिङ अस्पतालले कुष्ठरोगीका विरामीलाई ज्याकेट वितरण गरेको छ ।
अस्पतालमा उपचाररत २० जना कुष्ठरोगी विरामीलाई न्यानोका लागि एक÷एक थान ज्याकेट वितरण गरिएको अस्पतालका कुष्ठरोग प्रमुख मंगल थारुले जानकारी दिनुभयो ।
उहाँका अनुसार दिवसकै अवसरमा अस्पतालमा दिप प्रज्ज्वलन कार्यक्रमको पनि आयोजना गरिएको छ । कुष्ठरोगीको उपचार गराउँदै आएको साइनिङ अस्पतालले कुष्ठरोगको पहिचान, निदान र जनचेतनाका सवालमा समुदायस्तरमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।
आइएनएफ, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा भाएको कार्यक्रममा निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल थारु, लुम्बिनी प्रदेश अस्पतालका प्रमुख कन्सल्टेन्ट डा वर्षा थापा, दन्त स्वास्थ्य एशोसिएशनका अमृत भुषाल, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाह, जनस्वास्थ्य निरक्षक मानव नेपालीलगायतको सहभागीता थियो ।