बाँकेमा परीक्षण गरिएकामध्ये ७० प्रतिशतबढीमा संक्रमण पुष्टि, आज १३७ जना थपिए

    • स्वास्थ्य पेज

  • १० माघ २०७८, सोमबार

नेपालगन्जः बाँकेमा परीक्षण भएकामध्ये ७० प्रतिशतबढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा एक सय ९५ नमुना परीक्षण भएकोमा एक सय ३७ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा एक सय २३ जनाको नमुना जाँच गर्दा ९१, मेडिकल कलेज कोहलपुरमा ४४ जनाको नमुना जाँच गर्दा ३० र बागेश्वरी ल्यावमा २८ नमुना जाँच गर्दा १६ जनामा भाइरस संक्रमण पुष्टि भएको केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका ९७ जना छन् । संक्रमण पुष्टि भएका सबैभन्दा बढी नेपालगन्ज र कोहलपुरका छन् । पुरुषको तुलनामा महिलाको संख्या बढी छ । जिल्लामा सक्रिय संक्रमितको संख्या सात सय २७ पुगेको छ ।

आज संक्रमण पुष्टि भएका संक्रमितसहित जिल्लामा कुल संक्रमितको संख्या १९ हजार दुई सय ११ पुगेको छ । यस्तै आज थप ३९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार तीन सय तीन पुगेको छ ।

  • १० माघ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech