पछिल्लो २४ घण्टामा २१ लाख ३२ हजार संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • १० माघ २०७८, सोमबार

नेपालगन्जः विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख ३२ हजार जनाभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।

थपिनेमा भारतमा सबैभन्दा धेरै तीन लाख ५ हजार, फ्रान्समा ३ लाख एक हजार, अमेरिकामा एक लाख ९७ हजार र इटलीमा एक लाख ३८ हजार छन् ।

त्यसैगरी ब्राजिलमा ८४ हजार, जर्मनीमा ७५ हजार, बेलायतमा ७४ हजार, टर्कीमा ६५ हजार र रुसमा ६३ हजार जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा १२ लाख ९४ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् भने ४ हजार ४९८ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुसमा ६७९, अमेरिकामा ५७०, भारतमा ४७४, इटलीमा २२७, ब्राजिलमा ११८, टर्कीमा १८५, फ्रान्समा ११५ र बेलायतमा ७५ जना छन् ।

निको हुनेमा भारतमा २ लाख ३२ हजार, बेलायतमा एक लाख ६७ हजार, इटलीमा एक लाख ३१ हजार, टर्कीमा ७५ हजार, फ्रान्समा ६७ हजार, अमेरिकामा ३४ हजार र रुसमा २३ हजार छन् ।

  • १० माघ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech