नेपालगन्जः कोरोना भाइरस महामारीको हटस्पट बन्दै गएपछि बाँकेको कोहलपुर नगरपालिकाले हप्तामा दुई दिन निःशूल्क एन्टिजेन परीक्षण गर्ने भएको छ ।
कोभिडको लक्षण तथा चिन्ह देखिएका र कोभिडका विरामीको सम्पर्कमा आएका व्यक्तिको एन्टिजेन परीक्षण गरिने भएको कोहलपुर नगरपालिकाका प्रशासकिय अधिकृत टीकाराम ढकालले जानकारी दिनुभयो ।
हप्ताको सोमवार र विहीबार विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कोहलपुर नगरपालिकाको सभाहलमा एन्टिजेन परीक्षण हुने उहाँको भनाइ छ ।