नेपालगन्जः बाँकेमा आजपनि परीक्षण भएकामध्ये आधा भन्दा धेरैलाई कोरोना पुष्टि भएको छ ।
जिल्लाका तीन वटा प्रयोगशालामा एक सय ६७ नमुना परीक्षण भएकोमा एक सय ७ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।हिंजो १०८ जनामा भाइरस संक्रमण पुष्टि भएको थियो ।
भेरी अस्पतालमा ८६ जनाको नमुना जाँच गर्दा ७०, मेडिकल कलेज कोहलपुरमा ५२ जनाको नमुना जाँच गर्दा २२ र बागेश्वरी ल्यावमा २९ नमुना जाँच गर्दा १५ जनामा भाइरस संक्रमण पुष्टि भएको केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि भएकामध्ये बाँकेका ७८ जना छन् । संक्रमण पुष्टि भएका सबैभन्दा बढी नेपालगन्जका छन् । पछिल्लो दिनमा नेपालगन्ज हटस्पट बनेको छ ।
योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ८ सय ९० पुगेको छ । यस्तै आज थप १३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार एक सय ९५ पुगेको छ ।
भेरी अस्पतालमा पनि विरामीको चाप बढेको छ । संक्रमितमध्ये ३० जना मध्यम खाले विरामी छन् । एकजनाको अवस्था सिकिस्त हुँदा अर्का एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।