काठमाडौं: कोरोना भाइरस सङ्क्रमण दर अत्याधिक बढेपछि वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई उडानमा कडाइ गरेको छ ।
हवाईजहाजभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि हवाईजहाज र व्यागेज निसङ्क्रमित गनुपर्ने, चेक इन बोडिङ क्लेम गर्ने स्थान तथा प्रतीक्षालयमा भीडभाड नगर्ने, अनिवार्य रूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने र हवाईयात्रुले विमानस्थल प्रवेश गर्दा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड वा फोटो बोक्नुपर्नेजस्ता व्यवस्था गरेको संघले जनाएको हो ।
बुधबार बसेको संघको कार्यसमिति बैठकले कोरोना नियन्त्रणका लागि भन्दै यस्तो निर्णय गरेको एक सूचना जारी गरि जानकारी दिएको हो ।