नेपालगन्जः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा कोरोना संक्रमित हुनुभएको छ । सार्वजनिक कार्यक्रममा सर्तकता नअपनाउँदा संक्रमित बनेको उहाँले फेसबुकमा लेख्नुभएको छ ।
उहाँले फेसबुकमा लेख्नुभएको छ–‘सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मालोचित छु ।’ चिकित्सकको परामर्शमा आफू एक सातासम्म आइसोलेशनमा रहने उहाँले जानकारी दिनुभयो ।
भिडभाडमा विशेष सतर्कता अपनाउन शर्माले सबैलाई आग्रह गर्नु भएको छ । शर्मालाई आठ महिनाको अन्तरालमा दोस्रोपटक संक्रमण भएको हो । शर्मासँगै उहाँकी श्रीमती र छोराछोरीलाई पनि संक्रमण भएको छ ।