धनगढीः कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा एकैदिन १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २६३ नमूना परीक्षण गर्दा १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उनका अनुसार सेती अस्पतालमा १८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । तीमध्ये दुई जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा चार जना अस्पतालबाट डिस्चार्ज भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।