धनगढीः सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
कैलालीको गोदावरी नगरपालिका-४ का ७६ वर्षीय वृद्धको मृत्यु भएको हो।
मंगलबार राति धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।
उनी गत पुस २२ गतेबाट अस्पतालमा उपचाररत थिए।