२४ घण्टामा थपिए २ हजार ४४४ कोरोना संक्रमित

    • स्वास्थ्य पेज

  • २७ पुष २०७८, मंगलवार

नेपालगन्जः केही दिनयता देशभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दो क्रममा छ।

पछिल्लो २४ घण्टामा मात्रै थप २ हजार ४ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

गत २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६०७ पुगेको छ।

यस्तै मंगलबार ३१३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर ९ हजार ५२२ सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा १० हजार ६४८ पीसीआर तथा ४ हजार ३८५ एन्टिजेन परीक्षण भएको छ।

  • २७ पुष २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech