नेपालगन्जः प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख एसपीलाई कोरोना संक्रमण भएको छ । उनीहरु दुवै जना सर्लाहीका हुन् । आइतबार बेलुका स्वाब दिएका दुवैको रिपोर्ट सोमबार साँझ पोजेटिभ आएको हो ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र एसपी कृष्ण प्रसाईंमा कोरोना देखिएपछि दुवै जना आ आफ्नो निवासमा आइसोलेट हुनुभएको छ।
प्रमुख जिल्ला अधिकारी गौतमलाई सामान्य रुघाखोकी लागेपछि परीक्षणका लागि जिल्ला अस्पताल मलगंवाको कोरोना ल्याबमा स्वाब दिनुभएको थियो ।
एसपी प्रसाईंले प्रायः प्रजिअसँगै रहनुपरेका कारण उहाँले पनि स्वाब दिनुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी गौतम यसअघि पहिलो र दोस्रो लहरमा पनि संक्रमित भई निको हुनुभएको थियो ।