कोरोना संक्रमण बढेपछि दाङको तुलसीपुरका विद्यालय बन्द

    • स्वास्थ्य पेज

  • २३ पुष २०७८, शुक्रबार

दाङः विद्यालयका शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले माघ ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको आकस्मिक बैठक बसी उपमहानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयहरुमा आगामी माघ ३ गतेसम्म पठनपाठन पूर्णरुपमा बन्द गर्ने निर्णय भएको हो ।

तुलसीपुर क्षेत्रका सामुदायिक र संस्थागत गरी ५ वटा विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेख माघ ३ गतेसम्म ८३ वटा सामुदायिक र ६८ वटा संस्थागत विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाका शिक्षा समिति संयोजक कुमार लामिछानेले बताउनुभयो ।

हेर्नुहोस् उपमहानगरपालिकाको सूचना

  • २३ पुष २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech