थपिए ३२६ संक्रमित, निको भए २५५

    • स्वास्थ्य पेज

  • १९ पुष २०७८, सोमबार

नेपालगन्जः नेपालमा थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३२६ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा १२ हजार ४९८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

९ हजार ७०० जनाको पिसिआर परीक्षण र २ हजार ७९८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

२५५ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट २ जनाको मृत्यु भएको छ।

अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ५ पुगेको छ।

  • १९ पुष २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech