पछिल्लो २४ घण्टामा २३६७ जनाको कोरोना परीक्षण, संक्रमितको संख्या ५७ पुग्यो

    • स्वास्थ्य पेज

  • १७ बैशाख २०७७, बुधबार

काठमान्डौं १८ बैशाख। 
कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ३ सय ६७ जनाको नमूना परीक्षण भएको छ। आज थप तीन जना नयाँ संक्रमित भेटिएका छन्। यो सहित नेपालमा संक्रमण देखिएको संख्या ५७ पुगेको छ।

नेपालमा हालसम्म कोरोनाको आशंकामा ५७ हजार १ सय ८९ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ११ हजार ५ सय २४ जनाको पिसिआर र ४५ हजार ६ सय ६५ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा . किास देवकोटाले बताउनुभयो । कुल संक्रमित ५७ मध्ये १६ जना उपचारपछि निको भएका छन्।

बाँकी संक्रमित धनगढी र भरतपुरमा १र१ जना, वीरगञ्जमा ८ र विराटनगरमा ३१ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

  • १७ बैशाख २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech