सुदूरपश्चिमका ४२ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइयो

    • स्वास्थ्य पेज

  • २९ मंसिर २०७८, बुधबार

तस्बिर:फाइल

धनगढीः सुदूरपश्चिम प्रदेशका ४२ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप पाएका छन् ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका फार्मेसी सुुपरभाइजर निरीक्षक जयन्द्र बोगटीले हालसम्म ९ वटै जिल्लाका ४२ प्रतिशत नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको जानकारी दिनुभयो ।

बोगटीका अनुसार १८ वर्षमाथिका ५५ प्रतिशत प्रदेशवासीले खोपको पहिलो मात्रा लगाउँदा ४२ प्रतिशतले मात्रै दुवै डोज पाएका हुन् ।

प्रदेशमा खोप अभियानअन्तरगत ७ जिल्लामा मोडना खोप र अन्य दुई जिल्लामा फाइजर लगाउने तयारी भइरहेको छ ।

  • २९ मंसिर २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech