भारतको ८ राज्यमा फैलियो ओमिक्रोन

    • स्वास्थ्य पेज

  • २८ मंसिर २०७८, मंगलवार

नेपालगन्जः भारतमा कोरोना को नयाँ भेरियन्ट ओमिक्रोन ८ राज्यमा फैलिएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार राजधानी नयाँ दिल्ली, महाराष्ट्र, राजस्थान, कर्नाटक, गुजरात, केरला, आन्ध्र प्रदेश र चन्डीगढ ९युनियन टेरिटरी० मा नयाँ ओमिक्रोन भेरियन्टका सक्रमित भेटिएको छ। भारतभर हालसम्म ४५ जनामा ओमिक्रोनका संक्रमित पुष्टि भएका छन्।

ओमिक्रोनका संक्रमितमध्ये महाराष्ट्रमा सबैभन्दा धेरै छन्। महाराष्ट्रमा २०, राजस्थानमा ९, दिल्लीमा ६, गुजरातमा ४ र कर्नाटकमा ३ जना ओमिक्रोनबाट संक्रमित भएका छन्। केरला, आन्ध्र प्रदेश र चन्डीगढका १–१ जनामा यो भेरियन्ट देखिएको छ ।

भारतमा हालसम्म ३ करोड ४७ लाख ३ हजार ६४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये हाल सक्रिय संक्रमितको संख्या ८८ हजार ९९३ छ। ३ करोड ४१ लाख ३८ हजार ७६३ जना संक्रमणमुक्त भएका छन् भने कोभिड– १९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ७५ हजार ८८८ पुगेको छ ।

 

  • २८ मंसिर २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech